अमेरिकासँग व्यापार सम्झौता गरिने
जेनेभा (स्विट्जरल्यान्ड), २०६६ मंसिर १६ - नेपालले अमेरिकासँग द्विपक्षीय व्यापार सम्झौता गर्ने भएको छ । विश्व व्यापार संगठन (डब्लूटीओ) को मन्त्रीस्तरीय बैठकमा भाग लिन आएका आपूर्तिमन्त्री राजेन्द्र महतोले अमेरिकी वाणिज्य प्रतिनिधि रोन किरसँग भेटेर यसको प्रक्रिया सुरु गरेका छन् । अमेरिकाले यसअघि नै चासो देखाएर द्विपक्षीय सम्झौताको मस्यौदा नेपाललाई दिइसकेको छ । 'उनीहरूले दिएको मस्यौदामा केही थपघट गरेर फर्काउनेछौं,' महतोले भने, 'अमेरिका गएर यसबारे टुंगो लगाउनुपर्नेछ ।' सम्झौताबारे नेपालभित्र धेरै छलफल नभएकाले पूरै प्रावधान सार्वजनिक नभए पनि त्यसमा नेपाली तयारी पोसाकलाई अमेरिकी बजारमा भन्साररहित बजार पहुँचको विषय समेटिएको व्यवसायीहरू बताउँछन् । 'द्विपक्षीय व्यापारमा धेरै कुरा हुन्छन्,' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले भने, 'बृहत् छलफल गरेर बढीभन्दा बढी फाइदा लिन सक्ने तहमा हस्ताक्षर गर्नु उपयुक्त हुन्छ ।' विश्व व्यापार संगठन -डब्लूटीओ) अन्तर्गतको छलफलबाट अतिकम विकसित मुलुकका उत्पादनले विकसित मुलुकमा सहज पहुँच पाउने नदेखिएपछि यी देशहरू द्व